![]()
एजेन्सी,असार ।
पाकिस्तानी सेनाको राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुने निर्वाचनमा प्रत्यक्ष भूमिका नरहने पाकिस्तानी सेनाका प्रवक्ताले जनाएका छन् । सेनाको यो भनाई निर्वाचनको परिणामलाई प्रभाव पार्न व्यापक रूपमा सेनाले सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना गरेको भनी आएका आरोपप्रति लक्षित गरी आएको हो ।
राज्यको शक्तिशाली संस्था सेनाले आरोपको खण्डन गर्दै आफ्नो झण्डै ७० वर्षको इतिहासमा तीन लाख ७० हजार सेना निर्वाचनका दिन मतदान प्रक्रियालाई निर्विग्न तरिकाले सञ्चालन गर्नका लागि तैनाथ हुने भएपनि यसमा आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताए ।
उनले भनेः‘ पाकिस्तानी सैनिक सुरक्षा बलको प्रत्यक्ष भूमिका रहने छैन,’ म यो प्रष्ट पार्न चाहन्छु कि सेनाको निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैन ।’ उनले भने राजनीतिक प्रक्रियामा आफ्नो सम्लग्नतालाई अस्वीकार गर्दै भनेः‘न त सेना न यसको गुप्तचर निकाय राजनीतिक उद्देश्यका लागि काम गर्दैन ।’
पाकिस्तानको निर्वाचन आयोगले सेनालाई स्वच्छ तथा निष्पक्ष निर्वाचन गराउने काममा सहयोगीको रूपमा विश्वास गरेको छ । निर्वाचनलाई सफल बनाउन सवै तीन लाख ७१ हजार ३८८ सैन्य अधिकारीले निर्वाचन आयोगद्वारा तोकिएको जिम्मेवारीलाई निर्वाह गर्नेछन् ।


