Breaking News.... EverestOnlineKhabar
October 3, 2026

दलको नेता बन्ने बिषयमा महत्तो र ठाकुरबीच द्वन्द्व

Loading

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको नेताको लागि चुनाव हुने भएको छ ।  अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोबीच दलको नेताको लागि चुनावी प्रतिष्पर्धा हुने निश्चित् भएको छ ।

आउने शनिबार दलको नेताको लागि चुनाव हुने भएको छ । यो बीचमा सर्वसम्मतीको लागि अन्तिम प्रयास गर्ने तर शुक्रबारसम्मपनि कुनै सहमति हुन नसके अन्तिममा चुनावी प्रतिपष्र्धा नै हुने भएको हो । अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई सर्वसम्मती बनाउने आवाज उठिरहेको बेला राजेन्द्र महतोले उनलाई टक्कर दिने तयारी गरेका छन् ।

महतो दलको नेतामा उठ्ने तयारी गरेसँगै अहिले राजपामा चुनावको तयारी भएको छ । संयोजक ठाकुर भने सर्वसम्मती हुन नसके चुनाव नलड्ने पक्षमा समेत पुगेका छन् ।

नेता बन्ने होड चलेपछि दुई नेताबीच द्वन्द्व सुरु भएको छ । राजनीतिक समितिको बैठकको अन्तिम दिन यही बिषयलाई लिएर दुवै नेताबीच चर्काचर्की भएको थियो ।

राजपामा अहिले १७ सांसद छन् । यसमध्ये सांसद रेशमलाल चौधरी भने जेलमा छन् । १६ जनामा संयोजक ठाकुर र अर्का सदस्य महतो दुवैसँग ८ ८ जना सांसदहरु छन् । एक नेताले भने,‘हाम्रो पार्टीको संसदीय दलको निर्वाचन भनेको २० २० क्रिकेटजस्तै हो, दुवैजना सँग बराबरी सांसद छन्, तर हाम्रो प्रयास भनेको सर्वसम्मती नै गर्ने हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed