![]()
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सरकारले गरेका स्वेच्छाचारी निर्णय र स्वतन्त्रता विरोधी गतिविधि गरेकाे भन्दै आन्दोलन सुरु गरेकाे छ ।
मंगलबार सिंहदरवारको दक्षिण गेट अगाडि गरेकाे धर्ना र प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । प्रहरीले २५ जना मानव अधिकारकर्मीलाई हिरासतमा लिई महानगरीय प्रहरी वृत्त अनामनगरमा राखेको छ । पक्राउ पर्नेहरु कृष्ण पहाडी, डा. गंगाधर अधिकार, कृष्ण कँडेल, उत्तम पुडासैनी, रेणुका पौडेल, बटुककृष्ण ढुंगेल लगायत छन् ।


