Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

एजेन्सी।  विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण आ–आफ्नो देशबाट विस्थापित हुन बाध्य भएका नागरिकलाई  सहयोग गर्न र कुनै पनि किसीमको दुर्व्यवहार नगर्न संयुक्त राष्ट्रसंघका महासचिवले आग्रह गरेका छन् ।

महासचिव एन्टोनियो गुथ्रेसले विस्थापन हुनु तथा शरणार्थीका रुपमा बाहिरिनु मानिसको बाध्यता भएकोले यस्तो अप्ठेरोमा परेका नागरिकलाई आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।

सन् २०१७ को अन्त्यसम्ममा ६ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

यसरी आफ्नो देश या इलाकाबाट विस्थापित हुने सर्वसाधारणमा प्रायः म्यानमार र सिरियाका धेरै रहेका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको हालै सार्वजनिक गरिएको सो प्रतिवेदनमा जनाइएको छ ।

महासचिव गुथ्रेसले हालैमात्र म्यानमारबाट भागेर बङ्गलादशेको कोक्स बजारमा शरणार्थीका रुपमा बसिरहेका रोहिङ्ग्या शरणार्थीको शिविर भ्रमण गरेका थिए । त्यस भ्रमणका क्रममा उनले ती शरणार्थीहरुले आधारभूत खाना र बासको अभावमै अत्यन्तै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको तथ्य देखेको बताएका थिए ।

म्यानमारको सेनाले नै ज्यादति गरेपछि ती शरणार्थी भागेर बङ्गलादेश पुगेका हुन् । हाल त्यहाँ करिब ८ लाख शरणार्थी रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed