![]()
काठमाडौ,असार ।
देशभर आएको बाढीपहिरोमा परि ७ दिनमा ४७ जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता भएका गृहमन्त्रालयले जनाएको छ । गएको साताबाट सुरु भएको बाढी पहिरोमा परि देशभरबाट ४७ जनाको मृत्यु भएको, १० जना बेपत्ता र २० जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको हो । बाढीपहिरोमा परि बाँकेमा ४, रोल्पा, सिराहा, पर्सा, सिन्धुली र कास्कीमा ३–३ तथा मोरङ, पश्चिम नवलपरासी, रौतहट पूर्व नवलपरासी, मकवानपुर, तनहुँ, सर्लाही र बारामा २–२ जनाले ज्यान गुमाएका छन्।
यस्तै, कैलाली, बर्दिया, दाङ, चितवन, काठमाडौं, महोत्तरी, उदयपुर, कञ्चनपुर, सिन्धुपाल्चोक, सुनसरी, सुर्खेत, सप्तरी, र प्युठानमा एक–एक जना गरी ४७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। बाढी र पहिरोकै कारण तनहुँ, कञ्चनपुर कालिकोट, धादिङ, सर्लाही, काभ्रे, नुवाकोट, कास्की, नवलपरसी पूर्व र धनकुटामा एक एक जना गरी जम्मा १० जना बेपत्ता भएको गृहले जनाएको छ ।


