![]()
काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले एकताका बेला भएको सहमति कार्यान्वयन नभए एकता भंग गरिदिने चेतावनी दिएका छन् । काठमाडौंमा भएको अन्तरक्रियामा उनले यस्तो आक्रोश व्यक्त गरेका हुन् ।
उनले झापादेखि कञ्चनपुरसम्म आफ्ना कार्यकर्ता भएको बताउँदै फेरि पनि राष्ट्रिय राजनीतिमा छवि बनाउन आफूलाई कुनै समस्या नभएको बताए ।
“कांग्रेससँग भएको सहमति कार्यान्वयन नभए देशभरका आफ्ना कार्यकर्ता बोलाएर एकता भंग भएको घोषणा गरिदिन्छु,” गच्छदारले भने, “रामजनम चौधरी एउटा चुनाव हार्दैमा उ केन्द्रीय सदस्य पनि हुन नसक्ने व्यक्ति कसरी भयो ?”
“विभाजित कांग्रेसले आगामी चुनौतीको सामना गर्न सक्दैन । कांग्रेससँग मेरो वान साइडेड लभ हो,” गच्छदारले भने, “झापादेखि कञ्चनपुरसम्म मेरा आफ्ना कार्यकर्ता छन् । अब पनि कांग्रेसभित्र भाग पाउन लागि म रुने, कराउने ? एकपटक कांग्रेस छाडेर राष्ट्रिय राजनीतिमा मैले बनाएको व्यक्तित्व छर्लङ्ग छ ।”
उनले आफू कांग्रेसलाई बलियो बनाउन आएको भए पनि अहिले बेवास्ता गरिएको बताए ।


