Breaking News.... EverestOnlineKhabar
July 10, 2026

संविधान संशोधनको लागि सरकारलाई चरणबद्ध रुपले दवाव दिने राजपाको तयारी

Loading

काठमाडौ,असार ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने भएको छ । राजपा अध्यक्ष मण्डलको आईतबार बसेको बैठकले संविधान संशोधनका लागि सरकारलाई दबाबस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । यद्यपि, संविधान संशोधनबारे सरकारको ध्यानाकर्षणबारे छलफल भएपनि टुंगो नलागेको र आज पुनः बस्ने अध्यक्ष मण्डलको बैठकले निर्णय गर्ने राजपा अध्यक्षमण्डलका सदस्य अनिल झाले जानकारी दिए ।
उनले भनेः‘संविधान संशोधनको विषयमा छलफल भयो तर भोलि विधान संसदीय दलको बैठक बस्ने र लगत्तै अध्यक्षमण्डलको बैठकबाट निर्णय हुनसक्छ ।’ अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले पनि संशोधनको विषयबारे आजको बैठकले निर्णय लिने बताए । सरकारलाई समर्थन गरेको राजपाले समर्थन फिर्ता लिने या नलिनेबारे अनिर्णित छ । संविधान संशोधनको विषयको स्पष्टतापछि मात्रै राजपाले निर्णय लिने नेताहरुले बताएका छन् ।
बैठकले पछिल्लो संसदीय काम कारबाहीको समीक्षा गर्न आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । त्यसैगरी, राजपाले पार्टीको भ्रातृ संगठनहरुको नामाकरण गर्ने निर्णय गरेको छ । अध्यक्ष मण्डलका सदस्य अनिल झाका अनुसार पार्टीका सबै जनवर्गीय संगठनको अगाडि राष्ट्रिय र पछाडि संघ राखिनेछ ।
बैठकले प्रदेश २ मा सरकार सञ्चालनका लागि समन्वय गर्न समिति गठन गर्ने पनि निर्णय गरेको छ । संघीय समाजवादी फोरमसँग समन्वय गरेर चाँडै समिति गठन गरिने नेता झाले बताए । प्रदेश २ को नीति आयोगलाई पनि चाँडै पूर्णता दिने राजपाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed