Breaking News.... EverestOnlineKhabar
June 27, 2026

थाइल्याण्ड : १५ दिनदेखि गुफामा थुनिएका बालकहरुको उद्दार सुरु

Loading

बीबीसी । थाइल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक तथा उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको अधिकारीहरूले बताएका छन्। उद्धार अभियानका प्रमुख नोरोङ्साक ओसोथ्थानाकोले उद्धारकर्ताहरूको टोली स्थानीय समय अनुसार बिहान १० बजे गुफाभित्र प्रवेश गरेको बताए।

गुफाको प्रवेशद्वार खाली गराइएको छ र अहिले त्यहाँ गोताखोरहरूको टोली, चिकित्सक तथा सुरक्षाकर्मी मात्रै छन्। सयौँ संख्यामा गुफा बाहिर रहेका पत्रकारहरूलाई अधिकारीहरूले उद्धार कार्य शुरू गर्न उक्त क्षेत्रलाई खाली गराउन आवश्यक रहेको बताएका थिए।

जोखिमपूर्ण

अभियान प्रमुख ओसोथ्थानाकोले १८ जना गोताखोरहरू जोखिमपूर्ण ठानिएको उद्धार कार्यमा सहभागी भएको र मौसमको अवस्था हेरेर उद्धार गर्न चार दिनसम्म लाग्न सक्ने बताए।

गुफा

उद्धारकर्ताहरूले बालकहरूमध्ये पहिलो टोलीलाई सघाउन थालेको बुझिएको छ। पानीको सहत घटेको आकलन गरेर उद्धार कार्य अहिले शुरू गर्ने निर्णयमा अधिकारीहरू पुगेका हुन्।

गुफा

उद्धार कार्यमा सघाउन पुगोस् भनेर गुफाबाट लाखौँ लिटर पानी तानिसकिएको छ। घुम्न गएका बालक तथा उनीहरूका फुटबल प्रशिक्षक २३ जुनमा पानीको भेल आएपछि भित्र थुनिएका थिए।

विकल्प

गुफा

गुफाभित्र रहेकासम्म अक्सिजन ट्याङ्क पुर्‍याउने क्रममा शुक्रवार एक थाइ पूर्वनौसैनिकको ज्यान गएपछि खतराको स्थिति झन् स्पष्ट भएको हो। अधिकारीहरू भन्छन्, सानो क्षेत्रमा रहेका त्यति धेरैजनाले फाल्ने कार्बनडाइअक्साइडको मात्रालाई मध्यनजर गर्दै त्यहाँसम्म अक्सिजन पुर्‍याइएको छ।

गुफा

यसअघि फसेका बालक र उनीहरूका फुटबल प्रशिक्षण महिनौँसम्म भित्रै रहनुपर्ने अवस्था हुन सक्ने बताइएको थियो। बालकहरूले पौडी सिक्नुपर्ने अथवा पानीको सतह नघटेसम्म उद्धारका लागि कुर्नुपर्ने विकल्प भएको बताइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.