Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । एउटा भावनात्मक क्वार्टरफाइनल खेलमा क्रोएसियासँग पेनाल्टीमा पराजित भएपछि आयोजक रुसको विश्वकप यात्रा समाप्त भएको छ। क्वार्टरफाइनलमा पराजित भए पनि विश्वकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै खेलाडीहरूको प्रशंसा भइरहेको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले उनीहरूलाई ‘राष्ट्रनायक’ भनेका छन्। एउटा सेमिफाइनलमा अब क्रोएसियाले इङ्ग्ल्याण्डसँग र अर्कोमा फ्रान्सले बेल्जियमसँग खेल्नेछ।

विश्वकपमा सहभागी भइरहँदा रुस सहभागी टोलीमध्ये फुटबल वरीयताको पुछारमा थियो। उनीहरूबाट खासै ठूलो अपेक्षा राखिएको पनि थिएन।

तर फुटबलका महाशक्ति राष्ट्रहरू जर्मनी, ब्राजिल र स्पेनभन्दा लामो अवधि रुस यस विश्वकपमा टिकेको थिए। निर्णायक पेनाल्टीमा १ सय १५ मिनेटमा टाउकोमार्फत गोल गरेर खेललाई बराबरीमा ल्याएका मारिओ फर्नान्डेसले मौका गुमाएका थिए।

बार्सिलोना क्लबबाट खेल्ने क्रोएसियाका मध्यपङ्क्तिका खेलाडी इभान राकिटिकले गल्ती नगरी गोल गरेपछि रुसको प्रेरणादायी विश्वकप यात्रा समाप्त भएको थियो।

पेनाल्टीमार्फत गोल गर्ने बित्तिकै अन्तिम १६ को पेनाल्टी प्रहारमा क्रोएसियाले डेनमार्कलाई हराउँदाको जस्तै दृश्यहरू देखिएका थिए। तर हारपछि पनि रुसी समर्थकहरूले ताली बजार आफ्नो टोलीप्रति सम्मान व्यक्त गरेका थिए। अन्तिम सिटी बजेपछि त झन् उनीहरूले अझ ठूलो स्वरमा कराउँदै टोलीलाई सान्त्वना दिएका थिए।

ब्राजिलमा जन्मिएका फर्नान्डेसअघि नै रुसका अर्का खेलाडी फेडोर स्मोलोभले कमजोर किसिमको पेनाल्टी प्रहार गरेका थिए जसलाई क्रोएसियाका गोलरक्षकले सजिलै जोगाएका थिए। रुसी गोलरक्षकले पनि क्रोएसियाली खेलाडीको एउटा प्रहार उत्कृष्ट ढङ्गले रोकेका थिए।

सन् १९७० को सोभियतकालीन समययता पहिलो पटक विश्वकपमा क्वार्टरफाइनलमा पुगको रुसले डेनिस चेरिसेभको यो विश्वकपकै सर्वाधिक राम्रोमध्येको गोलका मद्दतले क्रोएसियाविरूद्ध अग्रता लिएको थियो। तर त्यसको ८ मिनेटपछि नै क्रोएसियाले खेललाई बराबरीमा ल्यायो।

९० मिनेटसम्म बराबरी भएपछि थप गरिएको समयमा फेरी क्रोएसियाले अग्रता लिएको थियो। तर फर्नान्डेसले अन्तिम समयमा गोल गरेर बराबरी बनाएपछि खेल रुसको पोल्टामा गएको ठान्न थालिएको थियो। तर अन्त्यमा पेनाल्टीमा क्रोएसिया नै विजयी भयो। सन् १९९८ को विश्वकपमा पनि क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो र उपाधि विजेता फ्रान्ससँग पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.