![]()
घोराही,असार ।
राष्ट्रियसभा सदस्य सांसद कोमल वलिले तत्काल तुलसीपुरको विमानस्थल सञ्चालनमा ल्याउन सरकारसंग जोडदार माग गरेकी छन् ।
राष्ट्रिय सभामा बजेट विनियोजनमाथि आफ्नो धारणा राख्दै सांसद वलिले दाङको पुरानो विमानस्थल सञ्चालनमा नआउनु एकदमै दुख लाग्दो विषय भएको भन्दै जति सक्यो चाडो विमास्थल सञ्चालनमा ल्याएर दाङको समृद्धि र विकासमा भुमिका खेल्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
राज्यले सबै प्रकारको शक्ति लगाएर भएपनि तुलसीपुरको विमानस्थल सञ्चालनमा ल्याउन आग्रह गर्दै सांसद वलीले यसमा लापरवाही नगर्न पनि सरकारलाई चेतावनी दिएकी छन् ।
साथै,उनले तत्काल इन्धन डिपो स्थापना गर्नपनि माग गरेकि छिन् । यस्तै,उनले पत्रकारको विमादेखी औषधि उपचारसम्ममा छुटको व्यवस्था गर्न पनि सरकारसंग आग्रह गरेकी छन् ।


