Breaking News.... EverestOnlineKhabar
June 28, 2026

सत्तारुढ दल नेकपाका कार्यकर्ताद्वारा छात्रबास कब्जा गर्ने प्रयास…

Loading

काठमाडौ,असार ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले विजेश्वरी स्वयम्भु डल्लु स्थित छात्रबासलाई कब्जा गर्ने प्रयास गरेका छन् । उक्त छात्रबास कानुनी रुपले नेपाल दलित समाज कल्याण संघको रहेपनि सत्तारुढ दलकै कार्यकर्ताले कानुनको अवज्ञा गरी कब्जा गर्न खोजेका हुन् । उनीहरुले बिना प्रमाण उक्त छात्रबास शिक्षा मन्त्रालयको रहेको दावी गर्दै उत्पात मच्याईरहेका छन् । नेपाल दलित समाज कल्याण संघले नियुक्त गरेको वार्डेनलाई सत्तारुढ दलका कार्यकर्ताले जबरजस्त निष्कासन गर्न खोजेका छन् । तर,उक्त संस्थाले नियुक्त गरेका वार्डेनलाई विहान १० बजे स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

उक्त छात्राबासमा आतंक सृजना गरेर संघबाट मुक्त गराई आफु अनुकुल छात्रहरु राख्ने र कर्मचारी भर्ति गर्ने रणनीतिका साथ सत्तारुढ दलका कार्यकर्ताहरुले कब्जा गर्न खोजेका हुन् । साथै,उक्त छात्राबास संरक्षणको लागि लागि परेका सरोकारवालाहरुलाई आफ्नो विरोध गरे नराम्रो हुने चेतावनी दिँदै बारम्बार धम्की दिने काम समेत सत्तारुढ दलका कार्यकर्ताले गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.