![]()
लाग्थ्यो तिमी छौ र त म छु
नानु मस्त निन्द्रामा कोल्टे फेर्दा
हातले छोए पछि मात्र मन आनन्दित हुन्थ्यो
अनि लाग्थ्यो तिमी छौ र त म छु ।
आँखा खोल्दा बिहानी घामको
किरणले खुम्चिएको निधारलाई
हत्केलाले तिम्रो मुहार छेकिदिदा
मन आनन्दित हुन्थ्यो
अनि लागथ्यो तिमी छौ र त म छु ।
घडिको किरकिर आर्लाम बन्द गर्दै
सुतेको हेर्दा मन आनन्दित हुन्थ्यो
अनि लाग्थ्यो तिमी छौ र त म छु ।
बिहानको खाजामा दुध देखेर
बिगारेको तिम्रो अनुहार हेर्दा मन
आनन्दीत हुन्थ्यो
अनि लाग्थ्यो तिमी छौ र त म छु ।
स्कुलकालागि हतारिएको र हरेक दिन
केही न केही छोडेको देखेर पनि
मन आनन्दित हुन्थ्यो
भर्खर पोतेको घर सबै भित्त्ता
पेन्सिलले कोरेको देखेर मन आनन्दित
अनि लागथ्यो तिमि छौ र त म छु ।
स्कुल फस्ट हुन्दा उफ्रिदै अंगालोमा
आउदा मन आनन्दीत हुन्थ्यो
अनि लाग्थ्यो तिमी छौ र त म छु ।
एक साल फेल पनि भयौ
रुदै अङालोमा आयौ
लाग्यो तिमी छौ र त म छु
तिमिले गीत गाउदा या छमछमी नाच्दा
मन आनन्दीत हुन्थ्यो
अनि लाग्थ्यो तिमी छौ र त म छु ।
तिमी ठुली हुँदै गयौ नानू
तिमिलाइ देखेर एसै मन आनन्दित हुन्छ
स्कुलबाट घर आउने समय
पटक पटक घडिको सुइ हेर्दै तिमिलाइ
पर्खिदा मन आनन्दित हुन्थ्यो
अनि लाग्थ्यो तिमी छौ र त म छु ।
एस इ इ को परिक्षामा रात भरी पड्दा
तिम्रो छेउमा बस्दा
मन आनन्दित हुन्थ्यो
निन्द्रा लाग्छ भनी थर्मसमै चिया राखेर
खाएको देखेरे मन आनन्दित हुन्थ्यो
अनि लागथ्यो तिमी छौ र त म छु ।
घडिको किरकिर आवाजलाई बन्द गर्दै सुत्ने नानू
घडिको आर्लाम बजिसक्दा उठेको दखेर
मन आनन्दित हुन्थ्यो
एस इ इको लागि यति धेरै मेहेनत गरेको देखेरे
मन आनदित हुुन्थ्यो
अनि लाग्थ्यो तिमी छौ र त म छु ।
परीक्षा सकियो स्टाफ नर्स पड्छु भन्यो
तिम्रा सेवाका इच्छा देखेर
मन आन्दित हुन्थ्यो
बृजकोर्सका लागि बिराटनगर छोडेर आउदा
रुदै फर्केको सम्झेर पनि
मन आनन्दित हुनथ्यो
अनि लागथ्यो तिमी छौ र त म छु ।
गाउँ मा हल्ला चल्यो
एस इ इ को रिजल्ट आयो
मोबाईलको पहिलो घन्टी
नानू तिम्रो मलिन आवाज मामु रिजल्ट सोचे जस्तो आएन
फस्ट डिभिजन आएको छ
तर छोरिको त्यो भन्दा बडि क्षमता र अपेक्षा देखेर पनि
मन बुझाएकै हुन्थ्यो
अनि लाग्थ्यो तिमी छौ र त म छु ।
तिम्रोलागी खसिको मासु पक्कु बनाएर पर्खेको थिए
नानु तर रिजल्ट सग असन्तुष्ट भएर
मेरो ममतालाइ पनि पोइजन खुवाएउ
अब तिम्रा तस्वीर र तिम्रा यादहरु
मेरा स्लो पोइजन बने
सानु अब तिमी छैनै केवल सम्झना छ्न
तस्वीर छ्न सुन्यतिर
हेरि रहदा आफैलाइ प्रस्न गर्छु
नानू तिमी छैनै म कहाँ छु??????? म ……………………….???????????????
कवयित्री–कविता शर्मा
( एसईई परीक्षाको नतिजाप्रति चित्त नबुझेपछि आत्महत्या गरेकी एक छात्राकी आमालाई भेटेपछि लेखिएको कविता )


