![]()
एजेन्सी । शनिबार राति हुने क्वाटरफाइनलको अन्तिम खेलमा आयोजक रुसले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । खेल सोचीको फिस्ट रंगशालमा राति पौने १२ बजे हुनेछ । रुस र क्रोएरिया दुवैले अन्तिम १६ मा आफ्नो प्रतिस्पर्धीलाई टाइब्रेकरमा पाखा लगाएर आएका हुन् ।
आयोजक रुसले बलियो टिम स्पेनलाई टाइब्रेकरमा ४–३ ले पाखा लगाएको हो । निर्धारित र अतिरिक्त समयको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
यस्तै क्रोएसियाले डेनमार्कलाई पनि टाइब्रेकरमा हराएको हो । १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो, त्यसमा क्रोएसियाले डेनमार्कलाई ३–२ ले निराश पारेको हो ।


