![]()
एजेन्सी । रसिया विश्वकपमा शनिबार क्वाटरफाइनलका अन्तिम खेल हुँदैछन् । क्वाटरफाइनलमा शनिबार पहिलो खेलमा स्वीडेनले इग्ल्यान्डको सामना गर्दैछ । स्वीडेन र इग्ल्यान्डबीचको खेल रसियाको समरा एरिनामा नेपाली समयअनुसार बेलुका ७ बजेर ४५ मिनेटमा हुनेछ ।
अहिलेसम्म स्वीडेन र इग्ल्यान्डको भेट २४ खेलमा भएको छ । जसमध्ये ८ खेलमा इग्ल्यान्डले जितेको छ भने ७ खेलमा स्वीडेनले बाजी मारेको छ । त्यस्तै, ९ खेल इग्ल्यान्ड र स्वीडेनले बराबरी खेलेका छन् ।
विश्वकप फुटबलको सेमिफाइनल पुग्ने लक्ष्यका साथमा यी दुई टिम प्रतिस्पर्धा गर्दैछन् ।


