Breaking News.... EverestOnlineKhabar
June 26, 2026

फिफा विश्वकप २०१८ःआजदेखि विश्वकपको क्वाटरफाइनलका खेल सुरु,फ्रान्स र उरुग्वे तथा ब्राजिल र बेल्जियम भिड्दै

Loading

काठमाडौ,असार ।
विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल आज शुक्रबारदेखि शुरु हुँदै छ । रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
यता फ्रान्सले भने गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । उरुग्वे र फ्रान्स विश्वकपका पूर्वविजेतासमेत हुन् ।
क्वाटरफाइनलको यात्रा तय गर्ने सिलसिलामा पाँच पटकको विश्वकप विजेता ब्राजिलले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित ग¥यो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो । यही असार २३ गते शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइलन खेलमा स्वीडेन र इङ्ग्यान्ड भिड्नेछन् भने चौथो तथा अन्तिम खेल राति ११ः४५ बजे आयोजक रुस र क्रोसिया आमनेसामने हुनेछ । उक्त खेलका विजेता टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.