Breaking News.... EverestOnlineKhabar
June 26, 2026

एकैदिन एउटै विद्यालयका ४८ विद्यार्थी बेहोस भएपछि ७ दिनका लागि विद्यालय बन्द

Loading

प्युठान,असार ।
विद्याथीहरु एक्कासि काम्ने, चिच्याउने र बेहोस हुन थालेपछि प्युठानको अमृत जीवन मावि नारीकोट एक हप्ताका लागि बन्द गरिएको छ। विद्यालयमा एकैदिन ४८ जना विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ । बिहीबार ३७ छात्रा र ११ छात्र गरी ४८ जना बेहोस भएका थिए। उक्त जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रहरी निरीक्षक, जिल्ला अस्पताल प्युठानका डाक्टर सोफिया थापाको नेतृत्वमा स्वास्थ्यकर्मीहरु विद्यालय पुगेर ‘काउन्सिलिङ’ गरेका थिए।
असार पहिलो सातादेखि उनीहरुमा यो बिराम देखिएको शिक्षकले जनाएका छन् । ‘सुरुमा सामान्य लक्षण देखिएको थियो तर समस्या बढ्न थालेपछि आजदेखि स्कुल नै बन्द गर्नुपर्ने बाध्यता आइलाग्यो ।’ उक्त विद्यालयका एक जना शिक्षकले जानकारी दिए ।
ती शिक्षकका अनुसार कक्षा ३ देखि ७ सम्मका १० देखि १५ वर्ष उमेर समूहका विद्यार्थीमा उक्त समस्या देखिएको छ। बिरामको मूल कारण खुल्न नसके पनि ‘कन्भर्सन डिसअर्डर’ भनिने एक किसिमको मनोरोग भएको हुनसक्ने डा.सोफिया थापाले बताइन्।
जिल्ला अस्पतालमा कार्यरत डा. समीर लामाले भने मास हिस्टेरिया हुन सक्ने बताएका छन्। उनले भनेः‘प्रारम्भिक रुपमा हेर्दा मास हिस्टेरिया जस्तो देखिने यो मानसिक समस्या हो। एकबाट अर्कोमा सर्दै गएर पूरा विद्यार्थीमा नै फैलने हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.