Breaking News.... EverestOnlineKhabar
May 12, 2026

Loading

काठमाडौं । इन्डोनेसियामा आगामी अगस्ट १८ देखि सेप्टेम्वर २ सम्म आयोजना हुने १८औँ एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको खेल तालिका सार्वजनिक भएको छ। जसअनुसार नेपाल समूहमा डी मा परेको छ। नेपाल रहेको समूहमा एसियन पावर हाउस जापान, भियतनाम र पाकिस्तान छ।

एसियन गेम्स अगस्ट १८ देखि सुरु हुने भएपिन फुटबल भने ४ दिन अगाडी नै सुरु हुनेछ। एसियन गेम्समा फुटबल खेल्ने २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ।

एसियन गेम्समा यू-२३ राष्ट्रिय टिमले खेल्छन्। यद्यपी उक्त टिममा २३ वर्षमाथिका पनि ३ खेलाडी राख्न पाउने प्रावधान छ। नेपालले एसियन गेम्सका लागि २० सदस्यीय टोली घोषणा गरिसकेको छ।

चारवर्षअघि दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियन गेम्समा पनि नेपाल र जापान एउटै समूहमा थियो। समूहमा इराक र कुवेत पनि थिए। नेपालले तीन वटै खेलमा पराजय बेहोरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.