Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

एजेन्सी । ग्यास स्टेसन लुट्न आएका लुटेराको आक्रमणमा परी अमेरिकाको भर्जिनिया राज्यमा एक नेपालीको मृत्यु भएको छ । भर्जिनियाको हर्नडन सहरको फ्रयाङ्कलिन फर्ममा अवस्थित ‘सुनाको ग्यास’ स्टेसनमा  भएको घटनामा ४० वर्षिय रेशम बजगाईंको मृत्यु भएको हो ।

गोरखा जिल्लाको केराबारी पुर्खाैली घर भई पछिल्लो समय चितवनको भरतपुर बस्दै आएका बजगाईंलाई ग्यास स्टेसनमा काम गरिरहेको अवस्थामा आक्रमणमा परेका थएि । पसल लुट्ने नियतले लुटेराले बजगार्इंको टाउकोमा गोली प्रहार गरेको हुनसक्ने अनुमान छ ।

करिब नौं महिना अघि मात्र अमेरिका गएका बजगाईंका श्रीमती र पाँच वर्षीया छोरी अमेरिकामै छन् । प्रहरीले घटनाको लगत्तै संदिग्ध बन्दुकधारी मोहम्मद अबदुल्लाहीलाई नजिकैको पार्किङ लटबाट पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.