Breaking News.... EverestOnlineKhabar
June 26, 2026

ग्लोबल टी—२० क्रिकेटमा सन्दीप लामिछाने आवद्ध टिमको पहिलो जित

Loading

काठमाडौ,असार ।
नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध रहेको टिम मोन्ट्रियल टाइगर्सले क्यानेडीयन लिग ग्लोबल टी—२० क्रिकेट लिगमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा एडमोन्टोन रोयल्सलाई १५ रनले हराउँदै मोन्ट्रियलले पहिलो जित निकालेको हो । मोन्ट्रियलले यसअघिका तीन खेलमा लगातार हार बेहोरेको थियो । तर, चौथो खेलमा भने मोन्ट्रियलले जित निकालेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको मोन्ट्रियलले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १२९ रन जोडेको थियो । मोन्ट्रियलको लागि मोइसेस हेन्रिकएसले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै नाजिबउल्लाह जाड्रानले अविजित २२ रन जोड्दा सिकन्दर राजाले २० रन जोडे । एडमोन्टोनका वायन प्रनीलले ३ विकेट लिएका थिए ।
मोन्ट्रियलले दिएको १३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एडमोन्टोनले १९ ओभर १ बलमा अलआउट हुँदै ११४ रन बनाउन सक्यो । एडमोन्टोनका लुके रोचीले ३० तथा शाइमान अनवरले २४ रन जोडे । यस्तै केभिन ओ ब्रायनले १५ तथा हसन खानले १२ रन बनाएका थिए ।
एडमोन्टोन सस्तैमा रोक्न मोन्ट्रियलका पिटर म्याथ्यु सीड्लेले ४ विकेट लिदा लाथिस मालिंगा र केवोन कोपरले समान २–२ विकेट लिए । मोन्ट्रियलको जितमा युवा लेग स्पिनर सन्दीपले उत्कृष्ट बलिङ गरे । सन्दीपले चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिए । सन्दीपले वेष्ट इण्डिजका आन्द्रे फ्लेटचरलाई ९ रनमा पेभेलियन फर्काएका थिए । जारी प्रतियोगितामा यो सन्दीपको तेस्रो विकेट हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.