Breaking News.... EverestOnlineKhabar
June 26, 2026

ईयूको योजनाप्रति फ्रान्सका राष्ट्रपतिले यस्तो चेतावनी ?

Loading

एजेन्सी,असार ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले युरोपेली युनियन ईयूले बनाएको आप्रवासी छनोट केन्द्र बनाउने योजनाले आप्रवासीसम्बन्धी समस्या समाधान नहुने चेतावनी दिएका छन् । राष्ट्रपति म्याक्रोले उत्तर अफ्रिकामा आप्रवासी छनोट केन्द्र स्थापना गर्ने ईयूको योजनाले समस्या समाधान नहुने बताएका हुन् ।
ईयू नेताहरुले यो महिनाको शुरुवातमै भएको सम्मेलनमा सो सम्बन्धी योजनामा सहमति जनाए पनि हालसम्म कुनै पनि युरोपेली मुलुकले आफ्नो मुलुकमा केन्द्र स्थापनाका लागि सहमति जनाएका छैनन् ।
जनसंख्याको तीब्र वृद्धिसँगै आधारभूत आवश्यकताको समेत अभाव हुन थालेपछि युरोपमा अफ्रिकी आप्रवासी बढ्दै गएको भन्दै म्याक्रोले त्यसको समाधानका लागि अफ्रिकी मुलुक आफैंले नेतृत्व लिन तयार हुनुपर्ने बताए । यद्यपी ईयूले अफ्रिकी मुलुकमाथि हस्तक्षेप गर्दै कुनै निर्णय नगर्ने उनले स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.