Breaking News.... EverestOnlineKhabar
May 12, 2026

राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रीपरिषद्को निर्णयसंगै प्रदेश प्रमुखहरुको पद पनि धरापमा….?

Loading

काठमाडौ,असार ।
सरकारले भदौपछिका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै प्रदेश प्रमुखहरुको पद पनि धरापमा परेको छ । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघ ३ गते सातै प्रदेशका प्रमुख नियुक्त गरेको थियो । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
नियुक्त गरिएका प्रदेश २ का कायस्थ र प्रदेश ५ का झाबाहेक बाँकी सबै कांग्रेस निकट हुन् । कायस्थ र झा कांग्रेससँगको तत्कालीन पावर सेयरिङका कारण मधेस केन्द्रित दलहरुको कोटाबाट प्रदेश प्रमुख हुन सफल भएका थिए । स्रोतका अनुसार, सरकारले निर्वाचनपछि भएका यी नियुक्ति पनि खारेज गर्ने सोच बनाएको छ ।
स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी पनि प्रदेश प्रमुखहरुको नियुक्ति खारेज गर्नेबारे सकारात्मक रहेको बताइन्छ । प्रदेश प्रमुखहरुको नियुक्ति र बदर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । ओली सरकारले नियुक्ति बदरको सिफारिस गरेमा राष्ट्रपतिले त्यसलाई सदर गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.