Breaking News.... EverestOnlineKhabar
May 11, 2026

देउवा सरकारले गरेको सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णय

Loading

काठमाडौ,असार ।
सरकारले निर्वाचन आचार संहिता लागू भएपछि शेरबहादुर देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गरेको छ । बुधबार राति अबेर सकिएको मन्त्रिपरिषद् बैठकले भदौ १४ देखि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवम् सन्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले भनेः‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिलसिलामा निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गते यता नेपाल सरकारका बिभिन्न मन्त्रालय अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्थामा आदि संस्थामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीति नियुक्ति एवम् मनोनयन खारेज गर्ने निर्णय गरिएको छ ।’
सरकारले चिकित्सा शिक्षा विधेयक पुनः संसदमा पेश गर्ने निर्णय पनि गरेको छ । यसअघि प्रतिपक्षीको विरोधपछि विधेयक फिर्ता लिइएको थियो । यसैगरी, नेपाल चीन व्यापार पारवहन सम्झौताको‘प्रोटोकल’सम्बन्धी वार्तामा भाग लिन नौं सदस्यीय टोली बेइजिङ पठाउने निर्णय पनि सरकारले गरेको छ । सो टोलीलाई हस्ताक्षर गर्ने अख्तियारीसमेत दिइएको प्रवक्ता बास्कोटाले जानकारी दिए ।
प्रदेश २ का आन्तरिक मामिला तथा योजना राज्यमन्त्रीलाई अमेरिका भ्रमणको स्वीकृति दिने, निक्षेप सुरक्षणको सीमा वृद्धि गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने, मालपोतको सातौं संशोधन नियमावली २०७५ र सैनिक सेवा पहिलो संशोधन नियमावली २०७५ लाई स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.