Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

काठमाडौं। देशका विभिन्न ठाउँमा असार १५ देखि २० गतेसम्म बाढी र पहिरोमा परी २६ जनाको मृत्यु भएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पछिल्ला केही दिनको बाढी–पहिरोले पुर्‍याएको क्षतिको विवरण दिँदै १५ गतेयता २६ जनाको मृत्यु भएको जानकारी दिए। बाढीमा परी २ जना बेपत्ता भएका छन् भने झन्डै एक दर्जन घाइते भएका छन्।

बाँकेमा ४ जना, रोल्पामा ३, सिन्धुली, तनहुँ, पर्सा र मकवानपुरका २/२ जना, चितवन, काठमाडौं, उदयपुर, सिरहा, बारा, महोत्तरी, दाङ, बर्दिया र कैलालीमा १/१ जनाको मृत्यु भएको छ।

गृहमन्त्री थापाले बाढी प्रभावित स्थानहरुमा तत्काल राहत र उद्धारको काम सुरु गरिसकेको पनि जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.