![]()
काठमाडौ,असार ।
स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १–० ले हराएको हो । १२ औं पटक विश्वकप खेलिरहेको स्वीडेन सन् १९९४ मा तेस्रो भएपछि क्वार्टरफाइनलमा पनि पुगेको थिएन । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६६ औं मिनेटमा इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको स्वीडेनले त्यसपछि लगातार डिफेन्सिभ खेल खेल्यो ।
बराबरी गोल फर्काउने स्वीट्जरल्याण्डको थुप्रै प्रयासमा स्वीडेनका गोलकिपर बाधक बने । इन्जुरी टाइम नाटकीय रहृयो । काउन्टर अट्याकमा भूम बनाएका मार्टिन ओल्सनलाई फउल गरेको भन्दै रेफ्रीले पेनाल्टी दिनुका साथै स्वीट्जरल्याण्डका लङ्गलाई रातो कार्ड पनि देखाए । तर, भीएआर रिभ्यूले स्वीडेनको पेनाल्टी खोसियो र फ्रि किक मात्र दिइयो । इन्जुरी टाइमको अन्तिम मिनेटको फ्रि किकमा गोल नभएपनि स्वीडेन विजयी भएको छ ।
यसैबीच,हिजो राती भएको दोस्रो खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राती सम्पन्न खेलमा इंग्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो। इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन, डियर ट्रिपियर र रास्फोडले पेनाल्टी सुटआउटमा गोल गरे। तर जोर्डन हेन्डर्सको प्रहारलाई कोलम्बियाका गोलकिपरले बचाए।
यता,कोलम्बियाका लागि कप्तान फाल्काओ, काउडार्डो र मुरिलले पेनाल्टीमा गोल गरे। तर बाकाको प्रहारलाई इंग्लिस गोलकिपरले विफल पारे भने उरिबेको क्रसबारमा लाग्यो। त्यसअघि निर्धारित र थप सयममा दुवै टिमबाट १–१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। ह्यारी केनले ५७ मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। तर कोलम्बियाका यारी मिनाले इन्जुरी टाइमको तेस्रो मिनेटमा बराबरी गोल फर्काएका थिए। अब इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ।


