Breaking News.... EverestOnlineKhabar
June 26, 2026

मानसरोबर यात्रामा गएर अलपत्र परेका भारतीय तीर्थयात्रीको उद्धार कार्य जारी

Loading

काठमाडौ,असार ।
कैलाश मानसरोबर यात्रामा गएर अलपत्र परेका केही भारतीय तीर्थयात्रीहरुको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मौसमका कारण ३ दिनदेखि हवाई उडान प्रभावित भएपछि उनीहरुको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । १६० जनालाई उद्धार गरेर नेपालगञ्ज ल्याइएको छ भने २५० तीर्थयात्रीलाई हिल्साबाट सिमकोट ल्याइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १६० जना तीर्थयात्रीलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइएको जानकारी दिएको छ । २५० जनालाई हिल्साबाट सिमिकोट ल्याइएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीले हिल्सामा अझै ७०० तीर्थयात्री रहेका जनाएका छन् । मन्त्री अधिकारीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई पनि उनीहरुको आज हेलिकोप्टरमार्फत उद्धार गरिने जानकारी दिएका छन् ।
यसअघि भारत सरकारले तीर्थयात्रीहरुलाई खाने, बस्ने व्यवस्था मिलाइदिन र जतिसक्यो छिटो सैनिक हेलिकोप्टर प्रयोग गरेर भए पनि उद्धार गरिदिन नेपाल सरकारलाई भनेको थियो ।
अविरल वर्षा भएपछि कैलाश मानसरोवरको यात्रामा गएका झण्डै १६ सय भारतीय तीर्थयात्री अलपत्र परेका थिए । ५२५ तीर्थयात्री सिमिकोट र ५५० हिल्सामा रोकिएका थिए ।
सोमबार भारतको केरला निवासी ५६ वर्षीय नारायणम लिलाको हुम्ला सिमिकोटस्थित एक होटलमा र आन् प्रदेशकी सत्यलक्ष्मीको आइतबार नै तिब्बतको ताक्लाकोटमा मृत्यु भएको हुम्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले जानकारी दिए । यो वर्ष मानसरोवर आएका भारतीय पर्यटकहरुमध्ये ८ जनाको मृत्यु भइसकेको छ । उनीहरुको लेक लागेर मृत्यु हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.