Breaking News.... EverestOnlineKhabar
June 26, 2026

रोपाई अभियान अन्र्तगत काभ्रेमा युवा संघ र वाइसिएलद्वारा बृहत्त रोपाई सम्पन्न

Loading

काभ्रे,असार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंगठन युवा संघ नेपाल र वाइसिएल नेपालको संयुक्त आयोजनामा भईरहेको रोपाई अभियान अन्र्तगत आज युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेलको नेतृत्वमा काभ्रेमा रोपाई कार्यक्रम गरिएको छ । युवा संघ नेपाल र वाइसिएल नेपालको संयुक्त आयोजनामा भईरहेको रोपाई अभियानमा आज युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेलको नेतृत्व दुवै संगठनका दजर्नौ कार्यकर्ताले काभ्रेमा रोपाई सम्पन्न गरेका हुन् ।

स्थानिय अम्बिका विष्टको खेतमा जिल्लाका अगुवा युवा नेताहरु सहित संघका केन्द्रिय नेता सन्जिब रोकाहा, राकेश लामा, अनेरास्वबियुका नेता जेनिश लामा,काभ्रेका अध्यक्ष बिक्रम चौलागाइको समेतको उपस्तिथिमा रोपाइ सम्पन्न भएको युवा संघ नेपालका केन्द्रिय सदस्य निरोज पौडेलले जानकारी दिए ।
कार्यक्रममा आफ्नो संक्षिप्त प्रतिकृया दिदै युवा संघका अध्यक्ष अध्यक्ष रमेश पौडेलले कृषिको यान्त्रिककरण गर्दै आत्मनिर्भर अर्थतन्त्रको बिकासका लागी कृषि पेसामा आम युवाको आकर्षक बढाउन आफुहरुले बिशेष रोपाई अभियान सञ्चालन गरेको जानकारी दिए । उनले युवा जनशक्तिले कृषि पेसालार्इ प्रमुख पेसामा रुपान्तरण गरेर अहिले विद्यमान खाद्य पदार्थमा बढेको परनिर्भरताको अन्त्य गर्न जरुरी रहेको तर्क गरे ।
यो अभियान कुनै फोटो खिच्नका लागी नभई कृषि आत्मनिर्भर बन्ने अभियान अन्र्तगत अभियान थालिएको अनेको जिकिर छ ।कार्यक्रममा अध्यक्ष पौडेलले खेत जोत्ने आधुनिक मेसिनबाट छिटो छरितो कार्य गर्ने बिधी आफैले चलाएर धान रोप्न तयार बनाएका थिए ।कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय कोषाध्यक्ष अमित लामाले देशैभर ठुलो संख्यामा यस पटक खेतमा जनश्रमदान अभियान अन्र्तगत युवाहरु परिचालन गरिएको र कृषि मार्फत सम्मृद्धि हासिल गर्न यो अभियानले महत्त्वपूर्ण भुमिका खेल्ने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.