Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

धनगढी,असार ।
कैलालीको भजनी नगरपालिका–५, लौबस्थाका करिब २०० परिवार डुबानमा परेका छन् । कान्द्रा नदीमा आएको बाढीका कारण उनीहरु डुबानमा परेका छन् । भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले लौबस्थाका २ सय परिवार डुबानमा परेको र उनीहरु सोमबारदेखि नै स्कुल र सुरक्षीत भवनमा आश्रय लिएर बसिरहेको जानकारी दिइन् । बाढी अझै बढ्न सक्ने खतरा रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेकी छन् ।
स्थानीय बाढीको चपेटामा परेपछि उद्धार समिति खाद्यान्न तथा उद्धार सामग्री लिएर बाढीप्रभावित क्षेत्रमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.