![]()
एजेन्सी । बेल्जियमका स्ट्राइकर द्रिइस मार्टिन्सले समूहचरणमा टोलीले गरेको प्रदर्शनले आफूहरूलाई प्रतियोगिताकै दाबेदारको रूपमा उभ्याए पनि जापानको सामना गर्दा उनीहरूलाई कमजोर नआक्ने बताएका छन्। बेल्जियमले पहिलो खेलमा पानामाथि ३–०, दोस्रो खेलमा ट्युनिसियामाथि ५–२ र अन्तिम खेलमा इङ्ल्यान्डलाई १–० ले पराजित गर्दै समूह ‘जी’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो।
मार्टिन्सले आफू २०१६ को युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनल वेल्ससँग भोगेको हार दोहोरिने डरले चिन्तित रहेको बताए । समूहचरणमा उत्कृष्ट प्रदर्शन गरेको बेल्जियमले वेल्सलाई ३–१ को नतिजा सुम्पिएको थियो।
जापान पनि त्यही चुनौती पन्छाउँदै आएको हो ।’ इङ्ल्यान्डविरुद्धको खेलमा बिहीबार प्रमुख खेलाडीलाई बेन्चमा राख्दै नौ नयाँ खेलाडीलाई अवसर दिएका बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले सोमबार जापानविरुद्ध पानामा र ट्युनिसियाविरुद्ध सहज जित हात पार्दाको टोलीलाई पुनः मैदान उतार्ने बताएका छन् । बेल्जियमले जारी प्रतियोगितामा ९ गोल गर्दै मात्र २ गोल खाएको छ।
मार्टिनेजले सोमबार जापानविरुद्ध दुई भेट्रान रक्षक भिन्सेन्ट कोम्पनी र थोमस भोर्मालिनलाई पहिलो रोजाइमा अवसर दिने अनुमान गरिएको छ । ग्रोइनको समस्याका कारण मैदानबाहिर रहेका कोम्पनी इङ्ल्यान्डविरुद्धको खेलमा ७२औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए । त्यस्तै गत महिनादेखि तिघ्राको चोटका कारण मैदानबाहिर बसेका थोमस भोर्मालिनले सोही खेल पहिलो रोजाइबाट ७६औं मिनेटसम्म खेलेका थिए।
यता विश्वकप इतिहासमा फेयर प्लेमा समूह चरण पार गर्ने पहिलो टोली बनेको जापान पहिलो पटक प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । २००२ मा घरेलु मैदान र २०१० को दक्षिण अफ्रिका विश्वकपको अन्तिम १६ मा प्रवेश गर्नु नै जापानले प्रतियोगितमा अहिलेसम्म हात पारेको सम्झनलायक उपलब्धि हो।


