Breaking News.... EverestOnlineKhabar
May 11, 2026

इरानको अर्थतन्त्र संकटमा : एक डलर बराबर ९० हजार इरानी रियाल

Loading

बीबीसी । पछिल्लो समय अमेरिकी डलर बलियो भएको छ । यसको कारणले भारत, पाकिस्तान, श्रीलङ्का, इन्डोनेसिया र नेपालका मुद्राहरूको स्थिति राम्रो छैन । तथापि अमेरिकी डलरको बलियो अवस्थाको चपेटामा यी देशका मुद्रा मात्र परेका होइनन् । इरानको मुद्रा रियाल त यो क्रममा पूरै अवमूल्यन भएको छ ।

यसले हाल इरान निक्कै मुस्किल अवस्थामा पुगेको छ । राजधानी तेहरानमा मानिसहरू आफ्नो पसल बन्द गरेर सरकार विरुद्ध प्रदर्शन गर्न थालेका छन् ।  हालको अवस्था हेर्दा इरानी रियाल अमेरिकी डलरको अघि अन्तिम सास लिइरहेको जस्तो देखिन्छ । इरानको अर्थशास्त्रीहरूको भनाइमा राष्ट्रपति हसन रुहानीले कुनै निर्णायक कदम उठाएनन् भने अवस्था हातबाट निक्लन सक्छ ।

इरानको कालो बजारमा मानिसहरू ९० हजार रियाल दिएर एक अमेरिकी डलर किनिरहेका छन् । पछिल्लो वर्षको यही समयको तुलनामा यो ११० प्रतिशत बढी हो । आधिकारिक रूपमा भने एक डलर बराबर ४३ हजार इरानी रियालको भाउ चलिरहेको छ ।

८ मेमा जब अमेरिकाले इरानसँग परमाणु सम्झौता अन्त्य गर्ने घोषणा ग¥यो त्यो बेलादेखि इरानी रियालको मूल्य ४० प्रतिशतसम्म गिरावट आइसकेको छ । इरान फेरि अमेरिकी प्रतिबन्धको खतरामा रहेको छ । यो खतराको डरबाट इरानीको पूरा अर्थव्यवस्था र बजारमा भागदौडको स्थिति छ ।

यो बीच इरानको राष्ट्रपति हसन रुहानीले सङ्कटको समयमा इरानीहरूलाई शान्ति र एकता बनाइराख्न आह्वान गरेका छन् । इरानको सर्वोच्च नेता आयतोल्लाह अली खमेनीले पनि देशको अर्थव्यवस्था गम्भीर सङ्कटको सामना गरिरहेको बताएका छन् । उनले अर्थव्यवस्थामा अस्थिरता ल्याउने जो कसैमाथि पनि कडा व्यवहार गर्न सरकारलाई आह्वान गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.