Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

एजेन्सी । जारी विश्वकप फुटबलमा ५ पटकको विश्वकप विजेता ब्राजिल प्रि—क्वाटरफाइनलमा सोमबार मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि समूह चरणका खेलमा दुवैले उतकृष्ट प्रदर्शन गर्दै प्रि—क्वाटरफाइनल पुगेका यी टोलीबीचको खेललाई विश्वकपमा महत्वपूर्ण मानिएको छ ।

ब्राजिलका स्टार नेयमार लयमा आइसकेकाले पनि ब्राजिललाई रोक्न गाह्रो पर्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५ पटकको विश्वकप उपाधि विजेता ब्राजिल र दुई पटको क्वाटरफाइनलसम्म पुगेको मेक्सिकोले आ—आफ्नो इतिहास बनाउने दाउमा हुनेछन् । विश्वकै सबैभन्दा महंगा खेलाडी नेयमार रहेको ब्राजिललाई रोक्न मेक्सिकोले विभिन्न रणनीति अपनाउनेछ । ब्राजिलका स्टार नेयमारलाई रोक्दै आफ्नो जित निकाल्ने रणनीतिमा मेक्सिको हुनेछ । मेक्सिकोले ब्राजिलविरुद्ध जाभिएर हेर्नान्डेजलाई मुख्य हतियारका रुपमा मैदान उतार्नेछ । त्यस्तै उनीसँगै मेक्सिकोका लागि कार्लोस भेला, हिर्भिङ लोजानो पनि रहेका छन् ।

ब्राजिल र मेक्सिकोबीच भएका खेलमा जितमा ब्राजिलले जितेको छ । अहिलेसम्म ब्राजिल र मेक्सिकोको भेट ४० पटक भएको छ । जसमा ब्राजिलले २३ पटक जितेको छ भने मेक्सिकोले १० पटक जितेको छ भने ७ पटक भएका खेलमा ब्राजिल र मेक्सिकोले बराबरी खेलेका छन् ।

ब्राजिलका स्टार नेयमारले रसिया विश्वकपको पहिलो खेलमा आम दर्शकको अपेक्षाअनुसार राम्रो प्रदर्शन गर्न सकेनन् । जसमा स्वीट्जरल्यान्डसँग ब्राजिलले १—१ गोलको बराबरी खेल्यो । जसमा फिलीप काउन्टीन्होले एक गोल गर्दै नायक सावित भए ।
तर, ब्राजिलको समूह चरणको दोस्रो खेलमा स्टार नेयमारको कमब्याक भयो । जसमा उनले राम्रो पास निकाले पनि सुरुमा गोल हुन सकेन । नेयमारको कमब्याकसँगै ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्यो । कोस्टारिकासँगको खेल निकै रोचक भएको थियो । जसमा खेलको निर्धारित समय सकिएपछि थप गरिएको ७ मिनेटमा ब्राजिलले २ गोल गरेको थियो । जुन नेयमार र फिलीपे कोन्टिन्होले एक—एक गोल गरेका थिए । दोस्रो खेलमा कोस्टारिकालाई २—० गोलले पराजित गरेको छ ।

त्यस्तै, समूह चरणको अन्तिम सर्बियासँगको खेलमा ब्राजिलले २—० गोल अन्तरले जितेको थियो । सर्बियासँगको खेल ब्राजिलका लागि निर्णायक खेल थियो । सर्बियालाई जित्नैपर्ने दबाबलाई ब्राजिलका पाउलीन्होले ३६ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिएका थिए भने खेलको ६८ औं मिनेटमा थियागो सिल्भाले गोल गरेपछि २—० गोलले सर्बियालाई पराजित गरेको थियो ।

मेक्सिकोविरुद्ध खेलमा ब्राजिलसँग स्टार खेलाडी नेयमारसँगै फिलीप कोउटीन्हो, थियागो सिल्भा, मार्सेलो र पाउलिन्हो पहिलो रोजाइका खेलाडी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.