Breaking News.... EverestOnlineKhabar
May 11, 2026

भारतको नयाँ दिल्लीमा एउटा घरमा ११ जनाको शव झुन्डिएको अवस्थामा

Loading

बीबीसी । भारत नयाँ दिल्लीको उत्तरी क्षेत्रस्थित बुराडी नगरको एउटा घरमा ११ जनाको शव झुन्डिएको अवस्थामा फेला परेको छ । जसमा ७ महिला र ४ पुरुषको शव रहेको छ । हात खुट्टा बाँधिएको र आँखामा पट्टी लगाइएको अवस्थामा ती शव फेला परेको अधिकारीहरुले बताएका छन् ।

भारतीय प्रहरीले यो घटना आत्महत्या हो वा सामूहिक हत्या हो भन्नेबारे अनुसन्धान थालेको छ । एक घरको दोस्रो तल्लामा झुन्डिएको अवस्थामा फेला परेकाहरु दाजुभाईका सन्तान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरु दूध र प्लाइउडका ब्यापारी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.