![]()
बीबीसी । भारतको उत्तराखण्ड राज्यमा पर्ने पौडी गढवालमा बस दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ । नैनिडाँडा ब्लकको धुमाकोट क्षेत्रमा याुत्रबाहक बस भिरमा खस्दा ४७ जनाको मृत्यु भएको हो । ११ जना यात्रु घाइते भएका छन् ।
डिस्ट्रिक्ट कन्ट्रोल रूम पौडीले आइतबार बिहान झण्डै पौने ९ वजे बस दुर्घटनामा परेको पुष्टि गरेको छ । भौंनकोटबाट रामनगरका लागि छुटेको बस क्वीन गाउँ नजिकै सडकबाट झण्डै ६० मिटर तल भिरमा खसेको बताइएको छ । घाइतेहरुको धुमाकोटको अस्पतालमा उपचार भइरहेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक र घाइतेका परिवारलाई राहतको घोषणा गरेका छन् । उनले मृक परिवारलाई २–२ लाख, र घाइतेलाई ५०–५० हजार रुपैयाँ आर्थिक सहयोग गर्न निर्देशन दिएका छन् ।


