Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

चितवन,असार ।
पूर्व–पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो।
बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको प्रहरीले जनाएको छ। मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। दुर्घटनापछि घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। जसमध्ये एकको अवस्था गम्भीर छ। अन्य चार जनाको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.