Breaking News.... EverestOnlineKhabar
May 10, 2026

नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन एक महिनाभित्र दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने

Loading

काठमाडौ,असार ।
नेपाल–भारत प्रबुद्ध समुहको बैठकले तयार पारेको अन्तिम साँझा प्रतिवेदन १ महिनाभित्र दुवै देशका प्रधानमन्त्रीलाई बुझाइने भएको छ । सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धिसहितका असमान सन्धि सम्झौता पुनरावलोकन तथा दुईपक्षीय विवादित विषयको अध्ययन गरी सुझाव दिन गठन भएको प्रबुद्ध समूह (इपिजी)ले अन्तिम प्रतिवेदन तयार पारेको हो ।
दुई दिनसम्म काठमाडौंमा बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको हो। बैठकले कम्तिमा १ महिनाभित्र दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने निर्णय पनि गरेको छ। बैठकपछि जारी विज्ञप्तिमा प्रतिवेदन तयार भएको र सक्दो छिटो दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने जनाइएको छ।
भारतका तर्फबाट प्रबुद्ध समूहका एक सदस्यले दुई देशबीचका असमान सन्धि सम्झौताको पुनरावलोकनको सुझावसहितको प्रतिवेदनलाई अन्तिम रुप दिने काम भएको जानकारी दिए। सन् १९५० को सन्धिलाई दुवै देशको तर्फबाट गम्भीर रुपमा अध्ययन र विश्लेषण गरी वास्तवकितामा आधारित भएर प्रतिवेदन तयार पारिएको बताए।
उनले दुई वटा राष्ट्रका प्रधानमन्त्रीले दिएका कार्यविधिलाई आधार बनाउँदै सोही मान्यता अनुसार छलफल अघि बढाइएको र वास्तविकतामा आधारित भएर प्रतिवेदन तयार भएकाले यसका सुझाव दुवै सरकारलाई कार्यान्वयन गर्न सहज हुने बताए। उनले प्रतिवेदनलाई दुवै मुलुकका प्रधानमन्त्रीले कार्यान्वयन गर्ने विश्वास समेत व्यक्त गरे। दुई वर्षअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा दुई वर्षको कार्यवधिसहित गठन गरिएको इपिजीको समय असार २० गते सकिँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.