Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पार्टी प्रवक्ता बन्न भारतीय काँग्रेसले लियो आंकाक्षीबीच लिखित परीक्षा

Loading

बीबीसी ।उत्तर प्रदेशमा काँग्रेस पार्टी अस्तित्वको संकटबाट जुधिरहेको छ । यही काँग्रेस पार्टीले  आफ्ना नेतालाई गंभीर संटकमा पुर्याएको छ। कैयौ बर्षदेखि राज्यमा प्रवक्ताको जिम्मेवारी निभाएका र अब यूवाबाट वरिष्ठ भएका नेताहरुलाई प्रवक्ता बन्नका लागि यस्तो परीक्षा प्रणालीमा सहभागी हुनुपर्यो, जसरी प्रशासनिक अधिकारीहरुको नियुत्ती हुन्छ । अर्थात यी व्यक्तिले पहिला परीक्षा दिनुपर्यो र त्यसपछि साक्षात्कारको प्रक्रिया पुरा गर्नुपर्यो ।

साक्षात्कार लिनका लागि काँग्रेसका प्रदेश अध्यक्ष राजबब्बर, काँग्रेस केन्द्रीय प्रवत्ता प्रिंयका चतुर्वेदी र अर्का एक नेता थिए ।

परीक्षामा आएका कठिन प्रश्नको उत्तर दिन नेताहरुले पसिना निकालेको तथा परीक्षापछि बीजेपीले मजाक बनाएपछि यसको खास चर्चा भयो ।

परीक्षामा १४ प्रश्नको जवाफ मागिएको थियो, जहाँ उत्तर प्रदेशको सामान्य जानकारी, यूपीए एवं काँग्रेस पार्टीको सरकारका उपलब्धी र हालको बीजेपी सरकारको विफलताको जानकारी मागिएको थियो । यसबाहेक केही मुद्दामा उनीहरुको दृष्ट्रिकोण जान्ने पनि कोषिश गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed