Breaking News.... EverestOnlineKhabar
August 19, 2026

माल्दिभ्सका पूर्व राष्ट्रपतिले निर्वाचनमा भाग नलिने

Loading

बीबीसी । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नसिदले आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् । प्रमुख प्रतिश्पर्धी मानिएका अब्दुल्लाह यमिनलाई जेलमा राखेर आउदो सेप्टेम्बरमा गर्न लागिएको निर्वाचनमा सहभागी नहुने उनले  बताए ।

निर्वाचन आयोगले उनलाई निर्वाचनमा भाग लिन अयोग्य भएको जानकारी दिएपछि निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् । ‘राष्ट्रपतीय निर्वाचनमा मैले भाग नलिने निर्णय गरेको छु’, उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

आतङ्कवादीलाई सहयोग गरेकाले नसीदले निर्वाचनमा भाग लिन अयोग्य रहेको निर्वाचन आयोगले बताएको समाचारमा जनाइएको छ । उनको पार्टी माल्दिभियन डेमोक्रयाटिक पार्टी (एमडीपी)ले भने निर्वाचनमा भाग लिने भएको छ । नेता नसीदले आफ्नो सट्टामा पार्टीले अर्को नेतालाई उम्मेदवार बनाउने पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.