Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

एजेन्सी । बलिउड फिल्म ‘सन्जु’ प्रदर्शनसंगै इन्टनरनेटमा लिक भएको छ । सञ्जु टिमले फिल्म रेस ३ सँग व्यापाररिक प्रतिस्पर्धा गर्न सक्ने अड्कले गरिरहेको बेला फिल्म इन्टरनेटमा लिक भएपछि भने निर्माण युनिट तनावमा परेको छ ।

सञ्जु इन्टरनेटमा हाइक्वालिटीमै लिक भएको छ। जसले गर्दा व्यापारमा भारी गिरावट आउन सक्ने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्।

फिल्म सार्वजनिक हुनुअघि भारतीय सेन्सर बोर्डले सञ्जुको एक ट्वाइलेट सिनको फुटेजलाई हटाएर युनिभर्सल सर्टिफिकेट प्रदान गरेको थियो। तर भारतीय सञ्चारमाध्यमका अनुसार लिक भएको फिल्ममा भने उक्त सेन्सर गरिएको फुटेजसमेत रहेको छ।

फिल्म के कसरी लिक भयो भन्नेबारे खुलिसकेको छैन। फिल्म अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित छ। सञ्जयको भूमिकामा रणवीर कपुर छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed