Breaking News.... EverestOnlineKhabar
June 4, 2026

निगमको पहिलो वाइडबडी बिमान काठमाडौंमा, एक महिना भित्र अर्को बिमान आउने

Loading

काठमाडौं । नेपाल वायु सेवा निगमले खरिद गरेको वाइड बडी विमान काठमाडौं ल्याइएको छ । फ्रान्सको तुलुजबाट ८ घण्टाको उडानपछि विमान अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी लगायत निगमका पदाधिकारीले बिमानको स्वागत गरेका थिए ।

आयरल्यान्डको हाइफ्लाई एक्सका पाइलटले उडाएर नेपाल ल्याएको विमान अब भने एमएम डंगोल र श्रवण रिजाललगायत ७ जनाको टोलीले उडाउनेछ । निगमले खरिद गरेको उक्त वाइड बडी विमानमा २७४ सिट छन् । यसमध्ये १८ बिजनेस क्लास र २५६ इकोनोमी क्लासका सिट छन् ।

जहाजलाई नेपाल नागरिक उड्ययन प्र्रा्धिकरणले ‘९एन–एएलवाई’ कलसाइन दिएको छ । निगमले उक्त जहाजलाई ‘अन्नपूर्ण’ नामाकरण गरेको छ । अन्नपूर्ण विमानले पहिलो चरणमा दुवई र कतारको दोहा उडान भर्नेछ भने दोस्रो चरणमा जापान, दक्षिण कोरिया, साउदी अरेवियाको रियाद उडान भर्ने छ ।

१० करोड ४८ लाख अमेरिकी डलरमा विमान खरिद गरिएको हो । सरकार ग्यारेन्टी बसेपछि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले १२–१२ अर्ब रुपैयाँ लोन लिएर विमान गरिद गरेको हो ।

दुईवटा विमान खरिदको एकै पटक सम्झौता गरेको निगमले अर्को विमान डेढ महिनापछि ल्याइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed