![]()
काठमाडौ,असार ।
गत जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तिव्र रुपले गुटको विकास भईरहेको छ । दुई पार्टी एकिकरण भएपछि अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली र माधव नेपाल एक कित्तामा थिए । उनीहरुबीच निकै घनिष्ठता बढेको थियो । तर,पछिल्ला दिनहरुमा भने माधव नेपाल आफ्नो छुट्टै गुट बनाउन सक्रिय भएका छन् । हिजो(बुधबार) माधव नेपालको उपस्थितिमा चितवनमा माधव नेपाल पक्षका नेताहरुले गोप्य छलफल गरेका छन् । अति नै गोप्य राखिएको उक्त छलफलमा माधव नेपाललाई अप्ठ्यारो परेको अवस्थामा समेत साथ नछोडेका नेताहरुको मात्र उपस्थिति रहेको गोप्य स्रोतले जानकारी दिएको छ ।
अति नै गोप्य छलफलमा कुन विषयमा छलफल भयो भन्ने नखुलाइएपनि उक्त स्रोतले भावि पार्टी अध्यक्षको लागि अहिले देखि नै रणनीतिक छलफल भएको जनाएको छ । छलफलमा नेपालले बर्तमान अध्यक्ष ओलीको विश्वास नभएकाले तत्कालिन एमालेको सिंगो टिम र तत्कालिन माओवादी केन्द्रका केहि नेताहरुलाई तानेर गुट बलियो बनाउन सबै किसिमका रणनीत अवलम्बन गर्ने निर्णय भएको स्रोतको भनाई छ । श्रीमती सिता दाहालको उपचारको लागि भन्दै अर्का अध्यक्ष प्रचण्ड सिंगापुर गएर लामो समय बसेकाले त्यो बसाई राजनीतिक रुपले पनि अर्थपूर्ण भएको छलफलको निष्कर्ष छ । उक्त रणनीतिलाई विफल पारेर आफ्नो गुट बलियो बनाउन कुनैपनि हर्कत बाँकी नराख्ने नेपाल पक्षको निष्कर्ष छ ।
त्यसो त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम प्रधानमन्त्री केपी ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाललाई बेवास्ता गर्दै पार्टी भित्र नयाँ गठवन्धन निर्माण गरेका छन । प्रचण्ड पत्नी सीताको उपचारका लागि थाइल्याण्डमा व्यस्त रहेका बेला ओलीले सुटुक्क माधव नेपाल र ईश्वर पोखरेलसमेत सम्मिलित गठवन्धन बनाएका हुन । यो बिषयमा काठमाडौंमै रहेपनि नेता खनालले सुँइको समेत पाएका छैनन । आफनो वरियता खोसिएपछि अध्यक्षद्वय ओली र प्रचण्डसंग खनाल रुष्ठ बनेका छन ।
अध्यक्षद्धय ओली र प्रचण्ड देश बाहिर रहँदा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत नेता नेपाललाई सुम्पिएका थिए । अहिले ओली र नेपालबीच अत्यन्तै सुमधुर र घनिष्ठ सम्बन्ध रहेको बुझिएको छ ।तर,नेपाल पक्षको हिजोको चितवन गोप्य बेलाबाट भने पछिल्ला दिन ओली र माधव पक्षबीच सम्बन्ध चिसिदै गएको अनुमान गर्न थालिएको छ ।
हुन त अहिलेपनि नेता खनाल र गौतम नेपालसँग रुष्ट छन् । पार्टी एकतापछिको मर्यादाक्रममा खनाललाई उछिनेर नेपाल अघि आएका थिए । यसले खनाललाई आक्रोशित तुल्याएको छ । यस विषयमा खनाल अहिलेपनि सार्वजनिक रुपमै आक्रोश पोखिरहेका छन् । प्रधानन्त्री ओलीले सरकार गठन भएको तीन महिना बितिसक्दापनि जनतामा सरकारका मन्त्रीहरुको पफर्मेन्स सन्तोषजनक नरहेको गुनासो आएपछि सरकार सञ्चालनमा समेत आफू, नेता नेपाल र वर्तमान उपप्रधान् एवम रक्षामन्त्री ईश्वर पोखरेल बसेर समिक्षा तथा छलफल गर्ने तयारी गरेका छन् ।
सरकार सञ्चालनबारे वर्तमान मन्त्रीहरुको भूमिका र कार्यशैलीप्रति ओली व्यापक रुपमा असन्तुष्ट छन् । त्यस्तै प्रधानमन्त्री ओलीले हालै मित्रराष्ट्र भारत र चीनको भ्रमण सम्पन्न भएकोले अब नयाँ किसिमले कसरी अघि बढ्ने भन्नेबारेपनि नेता नेपाल र पोखरेलसँग बसेर योजना बनाउने तयारी थालेका छन् ।


