Breaking News.... EverestOnlineKhabar
October 3, 2026

अपरिचितले पठाएको ‘फ्रेण्ड रिक्वेष्ट एसेप्ट’ नगरौं : प्रहरी

Loading

काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै अपरिचित व्यक्तिहरुले पठाएको ‘फ्रेण्ड रिक्वेष्ट एसेप्ट’ नगर्न अपिल गरेको छ ।

महाशाखाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विगत केही समयदेखि सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, भाइबर, इमो, इन्टाग्राम लगायतका सामाजिक सञ्जालमा रहेका फोटाहरु तानेर त्यस्ता फोटाहरु विगारेर अश्लिल बनाएर पोष्ट गर्ने गतिविधि बढ्दै गएको छ ।’

साथै, जनमानसमा भ्रम सिर्जना गर्ने कुरा लेखेर विभिन्न व्यक्तिलाई अपमान एवं गाली गलौज गरी कमेन्ट गर्ने जस्ता गतिविधि नगर्न पनि महाशाखाले सचेत गराएको छ ।

त्यस्ता प्रकारको गैरकानुनी काम गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम दुई लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने भन्दै महाशाखाले सामाजिक सञ्चालन चलाउँदा संयमता अपनाउन आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed