Breaking News.... EverestOnlineKhabar
August 16, 2026

प्रधानमन्त्री केपी ओलीले अब साप्ताहिक रुपमा सांसद् र पार्टीका कार्यकर्ता भेट्ने…

Loading

काठमाडौ,असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साप्ताहिक रूपमा प्रतिनिधिसभा र प्रदेशसभाका सांसद्हरूसँग भेटघाट गर्ने भएका छन् । त्यस्तै पाक्षिक रूपमा पार्टी कार्यकर्तालाई भेट्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्षसमेत रहेका ओलीले कार्यकर्ता भेटघाट कम गरेको र सांसद समेतले भेट्न नपाएको गुनासो बढिरहेका बेला उनले हरेक महिनाको १ र १५ गते बिहान ११ देखि दिउँसो १ बजेसम्म धुम्बाराही स्थित पार्टी कार्यालयमा पार्टी कार्यकर्ता र हरेक शुक्रबार अपराह्न ३–५ बजेसम्म दुवै सदन ( प्रतिनिधिसभा र राष्ट्रियसभा)का सांसद्सँग सिंहदरबारमा भेटघाटको प्रवन्ध मिलाएका हुन् ।
यस्तै प्रधानमन्त्री ओलीले सातै प्रदेशका नेकपाबाट प्रतिनिधित्व गर्ने सांसद्सँग पनि साप्ताहिक रूपमा भेटघाटको कार्यक्रम मिलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.