Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नयाँ सम्झौता नभएसम्म मलेशिया कामदार नपठाउने, ठगहरुलाई तह लगाएरै छोडने श्रम मन्त्रीको अठोट

Loading

काठमाडौँ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ स्म्झौता नभएसम्म मलेसिया कामदार नपठाउने भएको छ । मलेसिया कामदार पठाउँदा विभिन्न नाममा खडा भएका संस्थाले ठगी खाने भाँडो बनाएपछि श्रममन्त्री गोकर्ण विष्ट यस्तो निर्णयमा पुगेका हुन् ।

स्वास्थ्य परीक्षण, भिसा, पासपोर्ट लगायतका नाममा खडा भएका संस्थाले मनोमानी रकम लिन थालेपछि श्रममन्त्री विष्टले यस्तो सिन्डिकेट तोड्ने निर्णय गरेका हुन् । तर मन्त्रीको निर्णयले यो क्षेत्रलाई सुधार्नको साटो कामदार पठाउने प्रक्रिया नै बन्द भएपछि निर्णयबाट पछि नहट्ने मन्त्री विष्टको तयारी हो ।

नयाँ प्रक्रियाबाट मलोसिया कामदार पठाउन प्रक्रिया पूरा नभएको र मलेसियाले पनि यस विषयमा कुनै निर्णय नगरेपछि कामदार पठाउने प्रक्रिया नै नमिलेको हो ।

यसअघि माइग्राम्सका नाममा मलेसिया जाने कामदार अनलाइन दर्ता गरिंदै आएको थियो । यस बापत उसले ३ हजार ३ सय उठाउने गरेको थियो । यसलाई अनावश्यक र अवैधानिक भन्दै श्रममन्त्रीरे खारेज गर्ने निर्णय गरेका थिए ।

यस्तै बायोमेट्रिकमा आवद्ध ३९ वटा स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य परीक्षण गर्ने गरी सिन्डिकेट खडा गरेका थिए । यी बाहेकका संस्थाले स्वास्थ्य परीक्षण गर्दा मलेसियाले मान्यता नदिएपछि नेपाललाई अप्ठेरो परेको हो । मन्त्रीको निर्णय पछि यी संस्थाले पनि काम गर्न बन्द गरेका थिए ।

सरकारले निर्णय गरेको चौथो दिन यी स्वास्थ्य संस्थाका ४८ जनालाई पक्राउ गरेको थियो । यी मध्य ३८ जनालाई मुद्दा चलाइएको छ । अहिले यो मुद्दा उच्च अदालतमा चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.