Breaking News.... EverestOnlineKhabar
June 28, 2026

गाडी चलाउन प्रतिबन्ध फुकुवा भएपछि साउदीका महिलामा खुशीयाली

Loading

एजेन्सी,असार ।
साउदी अरबमा महिलालाई गाडी चलाउन लगाइएको प्रतिबन्ध फुकुवा भएसँगै साउदीका महिलाले खुशियाली मनाएका छन् । महिलाले पनि गाडी चलाउन पाउनु पर्छ भन्ने अभियान चलाएका महिलाले आफ्नो जित भएको भन्दै खुशीयाली मनाएका हुन् ।
विश्वमा साउदी अरेबिया मात्रै यस्तो देश थियो जहाँ महिलालाई गाडी चलाउनमा प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध फकुवा गरेसँगै दुई हजार भन्दा बढी महिलाले लाइसेन्स लिएका छन् ।
यसअघि सन् १९९० मा रियादमा सवारी चलाएका कारण दर्जनौं महिला पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.