Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नाइजेरियाविरुद्ध खेल्ने टिम प्रशिक्षकले नभई अर्जेन्टिनाका खेलाडी आफैले तय गर्ने….?

Loading

एजेन्सी,असार ।
शनिबार अर्जेन्टिनाका खेलाडीहरु र प्रशिक्षकको बैठकले नाइजेरियाविरुद्ध खेल्ने टिमको टुंगो लिओनल मेस्सीसहितका खेलाडीहरु नै लगाउने निर्णय गरेका छन् । अर्जेन्टिनाले भोलि नाइजेरियासँग समूह चरणको अन्तिम खेल खेल्दैछ । त्यही समयमा क्रोएसियाले आइसल्याण्डसँग खेल्नेछ । नकआउट चरणमा पुग्न नाइजेरियालाई हराएर मात्र पुग्दैन, क्रोएसियाले पनि आइसल्याण्डसँग हार्नु हुँदैन ।
आइसल्याण्ड जितेको अवस्थामा अर्जेन्टिनाले नाइजेरियालाई भारी गोलअन्तरले हराउनुपर्छ । अर्जेन्टिनाका १९८६ को विश्वकप विजेता रिकार्डो जस्टीले दाबी गरेका छन् कि उनले अर्जेन्टिना फुटबल एशोसिएसनका जोर्गे बरुचागासँग कुराकानी गरेका छन् । अर्जेन्टिनी खेलाडीहरु नाइजेरियाविरुद्धको खेलमा केन्द्रित रहेको भन्दै उनले भनेः‘खेलाडीहरुले नै टिम तय गर्छन्, सत्य यही हो । यदि सम्पाओली बेञ्चमा बस्न चाहन्छन् भने बस्छन् । यदि बसेनन् भने पनि केही फरक पर्दैन ।’ अर्जेन्टिनी टिमका सबैभन्दा सिनियर खेलाडी मेस्सी र जाभियर मासेरानो हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.