Breaking News.... EverestOnlineKhabar
June 28, 2026

विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदै

Loading

काठमाडौ,असार ।
विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदैछन् । नेपाली समय अनुसार साँझ पौने ६ बजे निझ्नी नोभ्गोरोद रंगशालामा समुह ‘जी’ का दुई टोली इङ्ल्यान्ड र पानामा भिड्नेछन् । इङ्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई हराएको थियो भने पानामा बेल्जियमसँग हारेको थियो ।
आजै बेलुकी पौने ९ बजे एकातेरीन्वर्ग एरिनामा जापान र सेनेगल भिड्नेछन् । पहिलो खेल जितेका यी दुई टोलीबीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।
जापानले पहिलो खेलमा कोलम्बियालाई तथा सेनेगलले पोल्याण्डलाई हराएका थिए । आजको अन्तिम खेलमा राति पौने १२ बजे पोल्याण्ड र कोलम्बिया भिड्नेछन् ।
काजान एरिनामा हुने यो खेलमा विजयी हुने टोलीको अर्को चरणमा पुग्ने सम्भावना जिवित रहनेछ । आज पराजित हुने टोली भने समूह चरणबाटै घर फर्किनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.