Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

 एजेन्सी ।  रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शनिबार  ३ खेलहरू हुँदैछन्।  समूह चरण दोस्रो राउन्ड अन्तर्गत  हुने पहिलो खेलमा समूह जी मा रहेका बेल्जियम र ट्युनिसियाबीच प्रतिस्पर्धा हुँदैछ।

समुह चरणको आफ्नो पहिलो खेलमा बेल्जियमले पानामालाई ३–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्दा ट्युनिसिया भने इङल्याण्डसँग २–१ ले पराजित भएको थियो।  दोस्रो खेलमा बेलुका ८ः४५ बजे समूह एफका दक्षिण कोरिया र मेक्सिको भिड्नेछन्। सो खेल रोस्टोभ एरिना सामरा रंगशालामा हुनेछ।

दक्षिण कोरिया पहिलो खेलमा स्विडेनसँग १–० ले पराजित भएको थियो भने मेक्सिकोले जर्मनीलाई १–० ले पराजित गरेको थियो। अघिल्लो चरणको यात्रा तय गर्न दक्षिण कोरियालाई यो खेल जित्नैपर्ने दबाब छ।

त्यस्तै फिस्ट ओलम्पिक रंगशाला सोचीमा हुने अन्तिम खेलमा राती ११ः४५ मा समुह एफ का जर्मनी र स्विडेन आमने सामने हुनेछन्। अघिल्लो चरणको यात्रा तय गर्न साविक विजेता जर्मनीलाई यो खेल जित्नैपर्ने दबाब छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.