Breaking News.... EverestOnlineKhabar
October 3, 2026

माइतीघरबाट डा. केसी समूहको गर्जन : ‘अभिव्यक्ति र स्वतन्त्रतामाथि राज्यले आघात पुर्यायो’

Loading

काठमाडौं  । माइतीघरबाट डा. केसी समूहको गर्जन : ‘अभिव्यक्ति र स्वतन्त्रतामाथि राज्यले आघात पुर्यायो’
काठमाडौं । पटक–पटक अनसन बसेर सरकारलाई गलाउन सफल डा. गोविन्द केसी र उनको समूहले पुनः सरकारबिरुद्ध आन्दोलनको शंखघोष गरेको छ । माइतीघर मण्डलमा प्रदर्शन गर्दै डा. केसी र उनको समूहले राज्यले अभिव्यक्ति र स्वतन्त्रता खोस्न थालेको आरोप लगाएको हो ।

सरकारलाई बारम्बार ध्यानाकर्षण गराउदा पनि निषेधित क्षेत्र फुकुवा गर्ने लगायत चिकित्सा शिक्षासँग सम्बन्धित आफूले उठाएका माग पूरा नभएको भन्दै केसीले प्रदर्शन गरेका हुन् ।

केसीले सरकारले अपराधी ठहर भएका र जेल सजाय भोगीरहेका व्यक्तिलाई कानुनी चोर बाटो खोजेर रिहा गर्ने र अकालमा मारिएका छोरालाई न्याय माग्दा माग्दै मृत्युवरण गरेका नन्दप्रसाद तथा अनशनरत गंगामायाका मागप्रति चरम बेवास्ता गरेर बिधिको शासनको धज्जी उडाएको आरोप लगाए । उनले राज्यका गलत कामको विरोध नगर्ने हो भने अवस्था झनै बिग्रने भएकाले सचेत नागरिकका हैसियतले खबरदारी गर्न आग्रह गरे । उनले चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न समेत माग गरे । केसीमा विगतमा राख्दै आएका माग फेरि दोहो¥याएका छन् ।

डा केशीका माग यस प्रकारका छन् ।

१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर यथारुपमा पारित गरिनु पर्ने ।

२) माइतीघर मण्डला क्षेत्रमा प्रदशन निषेध गर्ने निणर्य तल्काल सदाका लागि र्फिता गरियोस् ।

३) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहराइएका पदाधिकारीहरुलाई आयोगको सिफारिस बमोजिम कारबाही गरियोस् । त्रिविले खोसेको अधिकार आइओएममा फिर्ता गरिनुपर्ने ।

४) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिबेदन कार्यान्वयन गरिनुपर्ने ।

५) कथित छात्रावृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृति २ बर्ष अनिवार्य सेवाको व्यवस्था गरिनुपर्ने

६) चिकित्सकहरु माथि हुने धम्की र आक्रमण रोम्न यथोचित कानुनको निर्माण र कार्यान्वयन गरिनुपर्ने जस्ता मागहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed