Breaking News.... EverestOnlineKhabar
June 28, 2026

न्यूजिल्यान्ड: पदमै हुँदा आमा बन्ने दोस्री प्रधानमन्त्री

Loading

बीबीसी । केही महिनाअघि आफू गर्भवती भएको खुलासा गरेकी न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले छोरीलाई जन्म दिएकी छिन्। अकल्यान्ड सहरको एउटा अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी सामाजिक सञ्जालमार्फत् दिँदै उनले अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छन्।

नवजात शिशु स्वस्थ रहेको र उनको तौल ३.३१ किलोग्राम रहेको जानकारी दिँदै आर्डर्न र उनका प्रेमी क्लार्क गेफोर्डले लेखेका छन्, “(‘वी वान्’) तिमीलाई हाम्रो गाउँमा स्वागत छ। अहिले हामी आफूलाई निकै भाग्यमानी ठानिरहेका छौँ।

प्रधानमन्त्री पदमा हुँदा नै बच्चा जन्माउने आर्डर्न दोस्री विश्वनेत्री हुन्। यसअघि पाकिस्तानकी स्वर्गीय प्रधानमन्त्री बेनजिर भुट्टो प्रधानमन्त्री पदमा रहँदा आमा बनेकी थिइन्।

शिशुलाई जन्म दिएपछि आर्डर्नले सुत्केरी बिदा लिएकी छन्। अस्पताल जानुअघि उनले उपप्रधानमन्त्री विन्स्टन पिटर्सलाई आफ्ना जिम्मेवारी सुम्पिएकी छन्।

तर उनले आफू छ साताको सुत्केरी बिदामा रहेको बेलापनि मन्त्रिपरिषद्को दस्तावेजहरूको अध्ययन गर्ने बताएकी छन्। आमा बनेको सामाचार सार्वजनिक भएपछि उनलाई न्यूजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेर क्लार्क र अस्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टर्नबुल लगायतका व्यक्तिबाट बधाइको ओइरो लाग्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.