Breaking News.... EverestOnlineKhabar
August 19, 2026

विश्वकप फुटबल २०१८ःआजपनि समुह चरणका ३ खेल हुँदै

Loading

एजेन्सी,असार ।
फिफा विश्वकप फुटबल अन्र्तगत आज पनि ३ वटा खेल हुँदैछन् । समुह चरणका खेलहरुमा आज पहिलो खेल नेपाली समय अनुसार ५ः४५ बजे एसियाको पावर हाउस जापान र कोलम्बियाबीच खेल हुँदैछ । यस्तै,समुह चरणको अर्को खेलमा पोल्याण्ड र सेनेगल भिड्दैछन् । नेपाली समय अनुसार यी दुईबीचको खेल राती ८ः४५ बजे सुरु हुनेछ । यस्तै,आज हुने तेस्रो खेलमा आ–आफ्नो दोस्रो दोस्रो खेलमा आयोजक रुस र इजिप्ट भिड्दैछन् । नेपाली समय अनुसार यी दुईबीचको खेल नेपाली समय अनुसार राती ११ः४५ बजे सुरु हुनेछ । विश्वकप अन्र्तगत यी दुई देशको यो विश्वकपमा दोस्रो खेल हो । पहिलो खेलमा रुसले साउदी अरेबियालाई ५–० गोलको फराकिलो गोल अन्तरले हराएको थियो । यस्तै,आफ्नो पहिलो खेलमा इजिप्ट उरुग्वेसंग १–० गोलले पराजित भएको थियो ।
सन् २०१४ को विश्वकपमा जापान र कोलम्बिया एउटै समूहमा परेका थिए । समूह चरणको खेलमा कोलम्बियाले जापानमाथि ४–१ को सानदार जित हात पारेको थियो। चार वर्षपछि फेरि जापान र कोलम्बियाबीच समूह चरणमै प्रतिस्पर्धा हुँदैछ।
१९९८ देखि लगातार विश्वकप खेलिरहेको जापानको प्रदर्शन भने राम्रो हुन सकेको छैन। लगातार छैटौं पटक विश्वकपमा सहभागी जापानको यसपटकको लक्ष अन्तिम १६ मा पुग्नु हो। जापानले सन् २००२ र २०१० मा अन्तिम १६ को यात्रा तय गरेको थियो। अन्य संस्करणमा भने जापान समूह चरणबाटै बाहिरिएको थियो। यसपटक जापानले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। तर विश्वकप छनोट चरणमै कठिन यात्रा तय गरेको जापानका लागि आसन्न विश्वकप यात्रा सहज छैन।
जापान भन्दा कोलम्बिया बलियो टिम हो। तर जापानलाई हल्का रुपमा लिने गल्ति उसले गर्ने छैन। कप्तान फल्काओले विश्वकपमा डेब्यू गर्दा कोलम्बियाका लागि भावुक क्षण हुनेछ।
जापानका नयाँ प्रशिक्षक अकिरा निशिनोले अंग्रपंक्तिमा विशेष ध्यान दिएका छन्। उनी जोखिम मोलेर आक्रमक रुपमा खेल्ने मनस्थितिमा देखिएका छन्। जापानको बलियो पक्ष मिडफिल्ड हो। माकोतो हासेबे र गाकु शिवासाकीले फरवार्डहरु केइसुके होन्डा र सिन्जी कागावालाई सटिक पास उपलब्ध गराउन मिहिनेत गर्ने विश्वास गरिएको छ। विशेषगरी जापानले काउन्टर आक्रमणलाई सदुपयोग गर्नसकेमा बलियो कोलम्बियालाई दबाव पर्नेछ।
जापान र कोलम्बियाबीच अहिलेसम्म ३ खेल भएको छ। तीन वटै खेलमा कोलम्बिया विजयी भएको छ। सन् २००३ मा कोलम्बियाले जापानलाई १–० ले हराउँदा २००७ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। गत विश्वकपमा भने कोलम्बियाले ४–१ को जित हात पारेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.