Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

काठमाडौ,असार ।
त्रिभुवन विश्वविद्यालय भुगोल संकायका प्रमुख प्रा.डां नरेन्द्रराज खनालको भब्य विदाई गरिएको छ । आईतबार एक विशेष समारोह गरेर भुगोल विद्यार्थी समाजले बिगत ३२ बर्ष देखि विश्वविद्यालयमा अध्यापन गराउँदै आउनु भएका भुगोल बिभागका बिभागिय प्रमुख प्रा. डा.नरेन्द्रराज खनालको बिदाई गरेको हो ।
२०४३ सालदेखी त्रिभुवन विश्वविद्यालयमा आफ्नो प्राध्यापनको सुरुवात गर्नु भएका खनालले आईतबार ६३ बर्षे उमेर हदका कारण अवकास पाउनुभएको हो । विश्वविद्यालयमा ६३ बर्षमा अनिवार्य अवकास पाउने प्राबधान छ । भुगोल विद्यार्थी समाजको आयोजनामा आयोजित कार्यक्रमको प्रमुख अतिथी भुगोलविद् प्रा. डा. भिमप्रसाद सुवेदी हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष वसन्त न्यौपानेले गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सुवेदीले भुगोल संकायको गुम्दै गरेको प्रतिष्ठा उकास्न खनालले महत्वपूर्ण भुमिका निर्बाह गर्नुभएको बताउनुभयो । उहाँले भुगोल विद्यार्थी समाजले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।
त्यस्तै,बिदाई हुनु भएका बिभागिय प्रमुख प्रा. डा. खनालले आजबाट आफ्नो कानुनी सम्बन्ध सकिए पनि भुगोल केन्द्रीय बिभाग र विश्वविद्यालयसंगको आत्मिय सम्बन्ध सधैँ रहिरहने बताउनुभयो । उहाँले अब आफू विभिन्न अनुसन्धात्मक कार्यमा लाग्दै आफ्नो सीप र अनुभव राष्ट्रहितमा हितमा समर्पण गर्ने बताउनुभयो ।
बिदाई कार्यक्रममा केन्द्रिय भुगोल बिभागका सम्पुर्ण प्राध्यापकहरु, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त अबसरमा समाजले उहाँलाई मायाको चिनो उपहार दिएको थियो । यस्तै, बिभागको हाताभित्र सम्झना स्वरुप रुद्राक्षको रुख समेत रोपिएको भुगोल विद्यार्थी समाजको सचिब विशाल ज्ञवालीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.